Breaking

एक करोड बढीको सुन,चाँदीसहित तीनजना पक्राउ


कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीनजना पक्राउ परेका छन् ।

भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीनजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिकाका ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिकाका ३२ वर्षीय महेश सुनार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।