नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई इमानदारीका साथ कार्यान्वयन गर्न सरकारले चासो नदेखाएको बताएका छन् । माओवादी केन्द्र र नेसपा निकट शिक्षक संगठनबीच एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता, समावेशी र गणतन्त्र मन नपरेको बताए ।
अध्यक्ष प्रचण्डले संविधान बनाउने बेलामा नै अहिले सरकारको नेतृत्वमा भएका साथीहरुले समावेशी संघीयता मन नपराएका बताएका छन् । प्रचण्डले यो उपलब्धिका पक्षधरहरु एकजुट भएर सकारात्मक पहल गर्नुपर्ने बताए । उनले शिक्षकहरुको मागप्रति आफू सकारात्मक रहेको भन्दै विधेयक ल्याउने बेलामा सरकारले पहल नगरे र शिक्षकहरुको आन्दोलनमा आफ्नो साथ रहने बताए ।
राजनीति
प्रतिक्रिया