नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्। चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सम्मानीत नेता खनालले उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरेका हुन्। उनले बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पु¥याउन नसकेको टिप्पणी गरे।
बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको बताए। छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने उनको भनाई छ।
उनले बीआरआई नेपालको हितमा रहेको दोहो¥याए। खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजना निर्माणको सम्झौता भएको छ।
प्रतिक्रिया