दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ । राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा सैन्य कानुन लागु भएको घोषणा गरेका हुन् ।
राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई बचाउन र राज्य विरोधी तत्वहरुलाई हटाउन यो कदम आवश्यक रहेको बताएका छन् । साथै उनले सैन्य कानुनको सहारा लिनुबाहेक अन्य कुनै विकल्प नभएको उल्लेख गरे पनि यसका लागि कस्तो कदम अगाडि चालिने छ भन्ने विषयबारे बताएनन् ।
यसैबीच दक्षिण कोरियाको सत्तारुढ पार्टी र विपक्षी डेमोक्रेसी पार्टीले भने राष्ट्रपतिले गरेको घोषणाप्रति आपत्ति प्रकट गरेको छ । विपक्षी दलका नेता लि जाए म्युङले सैन्य कानुन लागु गर्ने घोषणालाई असंवैधानिक कदम भनेका छन् । यस्तै देशमा सैन्य कानुन लागु भएको घोषणासँगै सेनाले संसदको सबै गतिविधि निलम्बन भएको घोषणा गरेको छ ।
त्यहाँको नेसनल एसेम्बलीको भवनमा सांसदहरुलाई प्रवेशमा रोक लगाइएको छ भने संसद भवन बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया