काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज दोस्रो दिन पनि बयान लिने क्रम जारी छ ।
बयानका लागि पोखराबाट शुक्रबार काठमाडौँ ल्याइएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग त्यस दिन ६ घण्टा बयान लिएर हिरासत जिल्ला प्रहरी परिसर काठमाडौँ फर्काइएको थियो। उनको बयान सकिएपछि काठमाडौँबाट पुनः पोखरा नै फर्काइने छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनी कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेकाहुन् ।
प्रतिक्रिया