Breaking

रोल्पा पहिरो अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो


रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर मृत्य हुनेको सङ्ख्या पाँच पुगेको छ ।

पहिरोमा पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको थियो ।

मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।

मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर आज बिहान ९ः५० बजे उनीहरु पुरिएका थिए । दुई जना भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाई छ ।