काठमाडौं । देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनले जनजागरण पदयात्रा सम्पन्न गरेको छ । शुक्रबार ’नशामुक्त नेपाल–समृद्ध नेपाल’को नारासहित संगठनले काठमाडौं उपत्यका स्तरीय पदयात्रा गरेको हो ।
पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नशामुक्त घोषणा गर्न खबदारी गरिएको संगठनले जनाएको छ । कार्यक्रम अन्तर्गत संगठनले नशामुक्त नेपालका लागि १० हजार हस्ताक्षर संकलन गरेको छ।
कार्यक्रमपछि सिद्धाश्रम रत्न श्री अजय अवस्थीले अधिकांश युवा नशाले ग्रसित भएको भन्दै देशको भविष्यका लागि नशामुक्त नेपाल घोषणा हुनु आवश्यक रहेको बताए । देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको उनको भनाइ छ ।
संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उनले नेपालमा हजारौँ परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे।
प्रतिक्रिया