काठमाडौँ – धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने भएका छन् ।
यसअघि परीक्षणका रूपमा निस्शुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा शुल्कसहित सञ्चालन गर्न लागिएको हो । प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तोकिएको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया