Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

आज विश्व टेलिभिजन दिवस


आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ।

१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण शुरु गरेको थियो ।

नेपालमा भने सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएका थिए । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो । योहो टेलिभिजन एचडीले ७ वर्षदेखि भुइँमान्छेका आवाजका साथै विकृति, विसंगति र भ्रष्टाचारविरुद्धआवाज बुलन्द गर्दै आएको छ ।