Breaking

चर्चामा ल्एी, राजेश हमालदेखि स्वास्तिमासम्मै ब्रान्ड एम्बासडर


पहिलो पटक नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्नै स्वामित्वमा नेपाल प्रिमियर लिग (एनपीएल) गर्दै छ । मंसिर १५ गतेदेखि सञ्चालनमा आउने टी–२० फम्र्याटको प्रतियोगिता हुने दिन नजिकिँदै जाँदा यसको रौनक पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

आठ फ्रेन्चाइज टिमको सहभागीता रहने नेपाल प्रिमियर लिग (एनपीएल)को अहिले जताततै चर्चा छ । टिमको नाम सर्वाजनिकदेखि टिमका मालिक र खेलाडी अक्सनसम्म एउटा हाईप बनाइसकेको एनपीएलले धमाधम विदेशी खेलाडी भित्राउँदा झन् यसको चर्चा, परिचर्चा चुलिएको छ । हिमालयन विल्डर्स एण्ड इञ्जिनियर्सको कर्णाली याक्सले अहिलेसम्मकै सबैभन्दा ठूलो नाम भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेपछि त्यसले एनपीएलको स्तर अझ माथि पु¥याएको छ । धवनसँगै अष्ट्रेलियाका बेन कटिङ, न्युजिल्याण्डका मार्टिन गुप्टिल, न्युजिल्याण्डकै जिमी निसम, इंल्याण्डका रवि बोपारा जस्ता विश्व चर्चित खेलाडीहरूको अबद्धताले एनपीएलको रौनक बढ्ने देखिन्छ ।

त्रिवि क्रिकेट मैदानको स्तरोत्रतीले समेत तिव्रता पाइरहँदा पहिलो पटक डिजिटल स्कोर बोर्डको जडानले पनि नेपाली क्रिकेटलाई उत्साहित बनाएको छ । प्रत्यक्ष प्रसारणको अधिकार पनि विदेशी टेलिभिजन च्यानललाई दिएपछि यसले एनपीएललाई विश्वसामु पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने क्यानको विश्वास छ ।

एनपीएलमा खेल क्षेत्रका व्यक्ति मात्रै नभई चलचित्रकर्मीसमेत जोडिएका छन् । नेपाली चलचित्रका महानायक राजेश हमालसहित दयाहाङ राई, स्वस्तिमा खड्का, सन्दीप क्षेत्री जस्ता कलाकारहरू पनि एनपीएलमा आबद्ध भएका छन् । एनपीएलका आठ टिमहरू विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सलाई ब्राण्ड एम्बेसडर छात्रेदेखि गीत र जर्सी सार्वजनिक गर्न भ्याइ नभ्याइ छ । प्रत्येक दिन जस्तो फ्रेन्चाइज टोलीले भव्य कार्यक्रम गरि आ–आफ्ना एम्बेसडर र जर्सी सार्वजनिक गर्ने गरेका छन् । आइतबार मात्रै काठमाडौंले नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा ग¥यो ।

आइपीएल, बीबीएल, सीपीएल जस्ता विदेशी लिग हेर्दै आइरहेका नेपाली क्रिकेट समर्थकहरूलाई त्यही स्तरको खेल देखाउन क्यानदेखि टिम सञ्चालक र खेलाडीहरू प्रयासरत देखिन्छन् । एनपीएल हुने भएपछि तीव्र गतिमा स्तरोन्नती भइरहेको त्रिवि मैदानको स्वरुप बद्लिएको छ भने दर्शकहरूका लागि सेवा सुविधालाई पनि क्यानले प्राथमिकतमा राख्दै जोन छुट्याउने भएको छ । नेपाली क्रिकेटलाई विश्वसामु पु¥याउन एनपीएललाई अन्तर्राष्ट्रिय स्तरकै ब्राण्डिङ गरिरहेको क्यान पहिलो संस्करणलाई भव्यताका साथ सफल बनाउन लागिपरेको छ । जसको सफलताको लेखाजोखा भने प्रतियोगिता पछि हुने नै छ ।