काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरेकाछन् । प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीयअभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए ।
ढुंगानालाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवासहित, दलकाशीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुगेकाछन् । सभापति देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए । पूर्वसभामुख ढुंगानाको उपचाररत क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।
सरकारले ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ । साथै राजकीय सम्मानसाथअन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया