Breaking

घण्टीको अग्निपरीक्षा: रवि थुनिदा जितिने दाबी,शिर्ष नेता खटिने,कीर्तिपुरमा प्रचण्डलाई साथ? (भिडियो)


काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनको चटारोमा राजनीतिकदलहरु अहिले व्यस्त छन् । इलाम उपनिर्वाचनको हारबाट आफूलाई सच्याउने उद्घोष गरेको रास्वपा पहिलो पटक ४४ स्थानीयतहको उपनिर्वाचनमा होमिदै छ । त्यसोत उपनिर्वाचनबाट पनिकांग्रेस–एमाले जस्ता ठूलो दलको विकल्पबन्ने भन्दै सुरुदेखि रास्वपाले तयारी थालेको थियो । कात्तिक २ गते घण्टी घरबाटै संगठित अपराध र ठगीको कसुरमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक संघर्षमा छ । यो उपनिर्वाचन हुँदा सम्म उनी हिरासतमै रहने निष्कर्ष रास्वपाले निकालेको छ ।

स्थानीयतहको निर्वाचनको मनोनयनपत्रमा हस्ताक्षर गर्ने जिम्मा रास्वपाले कार्यवहाकमहामन्त्रीकविन्द्र बुर्लाकोटीलाई दिइएको छ । रास्वपाले रवि लामिछानेलाई पक्राउ गरेको प्रतिशोधको बदलालिने अवसरको रुपमासमेत उपनिर्वाचनलाई हेरेको छ । धेरै स्थानीयतहमा उम्मेद्वारी दिएपनि केही स्थानमाभने रास्वपाले स्वतन्त्रउम्मेद्वारलाई सघाउने भएको छ । २१ सांसद् नै वडा तहसम्मै खटाउने रणनीति बनाएको रास्वपा अहिले सभापति थुनिएपछि रानो बिनाको मौरी जस्तो बनेको छ । अलमल र दोधारकै बीचमा रहेको रास्वपाले उपनिर्वाचनको केन्द्रविन्दुको रुपमा रहेको कीर्तिपुर नगरपालीकामा उम्मेद्वारी नदिने र स्वतन्त्र या माओवादी मध्ये एकलाई सघाउने समेत आँकलनसमेत गरिएको छ ।

रास्वपाका काठमाठौं सभापति प्रदीप बिष्ट नै मतदाता रहेको वडा र नगरपालीकामै रास्वपाले उम्मेद्वारी नउठाउँने रणनीतिले धेरै कार्यकर्ताहरु रुष्ट देखिन्छन् । चुनाव स्थानीयभएपनि मुद्धा र परिणाम राष्ट्रिय स्तरकै निक्लिने भएकाले पनि रविथुनिएकै अवस्थामा रास्वपाले कांग्रेस–एमालेको सामना कसरी गर्ला भन्ने सर्वत्र चासोको विषय छ । यता नेताहरु भने जनताले घण्टीमै भोटहाल्नेमा विश्वस्त छन् ।
(बाँकी सामाग्री भिडियो सहित)