काठमाडौं । आईतबार देशभर रिक्त रहेका ४४ स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता हुँदै छ । त्यसैमध्येको एक सबैको नजरमा परेको काठमाडौं महानगरपालिकाको वडा १६ मा उपनिर्वाचनको माहोल कस्तो बनिरहेको छ ? काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा फेरि साढे दुई वर्ष पछि नयाँ नेतृत्वका लागि भिडन्त हुँदैछ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल र केही स्वतन्त्र उम्मेदवारहरू १६ को बागडोर सम्हाल्ने रस्साकसीमा लागेकाछन् ।यो वडा काँग्रेसको पकड क्षेत्र मानिन्छ ।
यसअघि कांग्रेसका नेता मुकुन्द रिजाल दूई पटक निर्वाचित भएका थिए । गतवर्ष भदौमा रिजालको निधन भएपछि अहिले यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो क्षेत्रका मतदाताले लगातार दुई कार्यकलाका लागि रिजाललाई निर्वाचित गरेको हुँदा उनको निधनले क्षति व्यहोरेको काँग्रेस विरासत जोगाउने दाउमा छ । तर, आकांक्षी धेरै हुँदा काँग्रेसले उम्मेदवारी दर्ता गराउने दिनको पूर्वसन्ध्यासम्म पनि उम्मेदवारको नाम टुंग्याउन सकेको छैन ।
यद्यपी महानगरका प्रमुख बालेन्द्र शाह बालेनसँग पनि राम्रो पारिवारिक सम्बन्ध भएको हुँदा दिवंगत मुकुन्दकै धर्मपत्नी कविता आचार्य रिजालले आफू नै उम्मेदवार बन्न पाउनु पर्ने दाबी गर्दै आएकी छिन् । यता, एमालेले भने काग्रेसको पकड भत्काउन जोडतोडका साथ लागेको छ । कात्तिक २१ गते नै सर्वसम्मतले एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मदेवार बनाएर मैदानमा पठाएको छ। विगतका दुई स्थानीय तहको निर्वाचन मध्ये २०७४ मा ६९ को झिनो मतान्तर र ०७९ मा सात सय नौ को मतले पराजित हुँदा अब यस पटक भने आफूहरूको मत सुनिश्चित भएको एमालेको दाबी छ । पराजित भए पनि निरन्तर मतदाताको हकहितका लागि आवाज उठाईरहेको हुँदा आफ्नो व्यक्तित्वले पनि निर्वाचनमा सहयोग गर्ने दोहो¥याएर उम्मेदवार बनेका तुलाधरको भनाई छ ।
दुई पटक सोही वडाबाट अध्यक्ष बनेर पूर्व राज्यमन्त्री समेत बनिसकेका रामवीर मानन्धरको कारवाही फुकुवा र एकीकृत समाजवादीमा गएकाहरू पनि आफ्नै पुरानो घर फर्काएरहेको हुँदा यसपटक जित्नेमा एमाले ढुक्क बनेको छ । गत स्थानीयतहको निर्वाचनमा एमालेबाट यस वडामा ४ जना सदस्य निर्वाचित भएका थिए ।
(बाँकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया