सभापति रवि लामिछाने पक्राउपरेपछि अलमलमा रहको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लथालिङ बन्नथालेको छ । एकातर्फ रवि नछुट्ने र अर्कातर्फ पार्टी नेतृत्वविहीनहुँदानिर्वाचनतयारीसमेत प्रभावितबनेको हो ।यसले अब रास्वपा कसरी अघि बढ्छ भन्ने प्रश्न समेत पेचिलो बनेको छ ।
सभापति रवि लामिछाने पक्राउ परेसँगै अलमलमा परेको राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाअझै लयमाफर्किन सकेको छैन। सबैभन्दा ठूलो प्रश्न त अहिले पार्टीको नेतृत्वकसले गर्छ भन्नेमै छ भने चुनावीतयारीपनि सँगै जोडिएको छ । नेतृत्वको दृष्टिबाट हेदा रविपक्राउ परेको २६ दिनवित्दा समेत रास्वपामाकार्यबाहकतोकिएको छैन् ।
यसअघि विदेश भ्रमणमा जाँदा र नागरिकताविवादमा सांसद् पद खारेज हुँदा लामिछानेले पार्टी उपसभापति डीपी अर्याललाई कार्यवाहकउपसभापतिजिम्मेवारी दिएकाथिए । तर अहिलेरास्वपाका नेताहरू यसकालागितयार छैनन् । विगतमारास्वपाले कुनै पनिप्रश्न उठ्नेबित्तिकै तत्काल पार्टीबाट निलम्बन गरेर मुद्दा नसल्टिएसम्म अर्कोलाई कार्यवाहकदिने अभ्यास गरेको थियो ।
यहिअभ्यासकाकारण सांसद भएका ढाकाकुमार श्रेष्ठ र महामन्त्रीमुकुल ढकालको जिम्मेवारी खोसिदाँ रविलाई भने दोष लाग्नसाथआरोपितनभएकाले तत्कालै अरुलाई कार्यवाहकजिम्मेवारी दिइहाल्नुपर्ने अवस्थानभएको रास्वपा नेताहरुको तर्क छ । उनीहरुको बुझाईमाकार्यवहानको बहसमाजाँदारवि छुटाउने आन्दोल नै प्रभावितहुने छ । त्यसबाहेक यसले पार्टीभित्रनयाँशक्ति सन्तुलनको खेल शुरु हुने डरमा स्वयम रवि छन् ।
यताकार्यवहाकदिने नै भएपनि जेष्ठताका आधारमा डीपी अर्याल अघि छन् भने चर्चा हेर्दा डा. स्वर्णिम वाग्ले अघि देखिन्छन् । यसले झस्किएका रविले डीपीले भनेकै कुरा निर्णय हुने हिरासतबाटै सर्कुलर जारी गरेका छन् । तर नेतृत्वमा देखिएको यो भिडन्त यति अघि बढेको छ कियहीअवसर ठानेर अरुचलमलाउनथाल्दाडीपी अर्यालले त बाचुन्जेल रवि नै सभापतिहुने भन्दै प्रहार नै गरेका छन् । यताप्रतिस्पर्धाकै कारण आगामीमंसिर १६ माहुने उपनिर्वाचनकाउम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मासमेतकार्यवाहकमहामन्त्रीकविन्द्र बुर्लाकोटीको काँधमापुगेको छ ।
अर्यालको कुरा मान्ने हो भने त रवि जेल परेपनिभित्रैबाट पार्टीचलाउने छन् । तर यसले रास्वपाअझै पार्टीनभएको प्रष्ट भएको भन्दै आलोचना नै शुरु हुँदापार्टीभित्रैपनियसले हलचलल्याएको छ ।अर्कातर्फ कार्यबहाकनतोकिएकै कारणकतिपय निर्णय गर्न, सरकारसँग छलफल र ‘एक्सन’माजान रास्वपामाथिचुनौतीथपिएको विश्लेषण भइरहेको छ । यताचुनावीतयारीमाभइरहेको अलमल र सुस्तताले समेत यसलाई बल पुर्याउँदारवि नै छुटाउन सक्ने हैसियसमा समेत रास्वपा छैन । बरु रविप्रति सरकार अझआक्रामकहुँदै छ ।
मौकापाउनासाथ रुपन्देहीजिल्लाअदालतको वार्दलीबाटै रविगर्जिएपछि बुधवार प्रहरीले पुरै घेरा हानेको स्थितीले समेत यसलाई पुष्टि गरेको छ ।यहीबीच रास्वपाका नेताहरु लामिछानेप्रतिउदार बन्नकोहीआफैँ सहिदबन्नतयार हुन्छन् त कोहीआजीवन रविलाई सभापति स्वीकार गर्न तयार रहेको अभिव्यक्ति दिन्छन् ।यसले बाहिर भएकाहरु पार्टीलथालिङ हुनथाल्दा समेत रवि रिझाउनमै व्यस्तभएको सन्देश दिदाँ रास्वपाकै शुभेच्छुकहरु समेत अलमलमा परेको स्थिति छ ।
हुन त रविर रास्वपा फरक भएको पुष्टि गर्ने बेलाआएको यसअघिबाटै विश्लेषण हुँदै आएको छ । त्यसमा सफलनभए रास्वपा डा.मुकुल ढकालले भनेझै रविक्लबमात्रभएको प्रष्ट हुने अवस्था रहँदाकेही नेतालाई फाइदा गरेपनिपार्टी अनिर्णयको बन्दीबनिरहेको छनेताहरुको यस्तै अभिव्यक्ति र क्रियाकलापले रास्वपालाई थपविवादमाधकेल्दा रविसँगै रास्वपा सतीजाने दिननआउलाभन्न सकिँदैन ।
प्रतिक्रिया