सत्तारुढ दलले आफ्ना नेता बचाएर रवि लामिछाने मात्र पक्राउ गरेको भाष्य भत्किन थालेपछि रास्वपा सकसमा पर्न थालेको छ । कसैलाई नछाड्ने सरकारको नीतिले बरु उपसभामुख इन्दिरा राना नै खतरामा परेकी छन् । जहाँ सत्तारुढ नेताहरुले रास्वपालाई जवाफ दिने आधार पाउँदा रास्वपालाई आफ्नै बोली भारी पर्ने खतरा बढेको छ ।
रवि लामिछाने पक्राउमा सरकारले पूर्वाग्राह साधेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको आरोपकाबीच एमाले नेता लिलाबल्लभ अधिकारीमानव तस्करीमा जोडिए । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका उनीकेही दिनअघि जापानमा मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएका थिए । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने प्रावधान भए पनि उनी आफूखुसी जापान गएका कारण मन्त्रीबाट रानीनामा दिन बाध्य भए ।
तर बल्ल मसला भेटेको रास्वपाले मन्त्रीको जापान काण्डलाई राम्रोसँग उचाल्यो । सामाजिक सन्जाल रङ्गिए भने आफ्नालाई बचाउन खोजेको सरकारलाई आरोप लाग्यो । हुनपनि उनीहरुको यो प्रश्न स्वभाविक मात्रै थिएन कि सरकारले रविमाथि अत्याचार गरेको दाबी पुष्टि गर्न सक्ने आधार पनि थियो । यही बुझेको एमालेले अधिकारीलाई पार्टी संगठनबाटैनिलम्बन गर्यो ।
अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणमा रहँदा रास्वपा नेताहरुको बोल्ती बन्द भएको छ । रास्वपा नेता गणेश कार्कीले नयाँ प्रवृत्ति र देखाउनु पर्ने पारदर्शी चरित्रकारूपमा हामी चुकेको भन्दै माफी माग्दा यसले उपसभामुख इन्दिरा रानाको मुद्दा पनि उचालिएको छ ।
उनीमाथि पनि मानवतस्करीको आरोप रहँदा छानविन किन नहुने भन्दै अहिले प्रश्न उठ्दा एमाले र सरकारलाई त कानुनका अघि कोही आफ्नो नहुने दाबी गर्ने बाटो नै मिलेको छ । फलतः देउवाले आफ्ना नेताहरुलाई मुद्दा चलाइँदा पनि होहल्ला नगरेकोे भन्दै रास्वपामाथि फायर खोल्न भ्याएका छन् । यता कोशीका पूर्वमन्त्री अधिकारीले पनि आफू अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न आएको बताएका छन् ।
सहकारी ठगी प्रकरणकै सन्दर्भमा पनि नाम जोडिएका धनराज गुरुङलाई कारबाही हुनुपर्ने कांग्रेसकै नेताहरुले माग गर्दै आएका छन् । स्वयम् गुरुङले पनि आफूमाथि छानविन गरिदिन भन्दै संसदमै माग राख्दा रविले यही अवसरसमेत उपयोग गरेनन् । बरु सहकारी ठगीमा आफूमात्र पक्राउ परेको भाष्य निर्माणमा उनी लागिपर्दा सहकारी प्रकरणमा अन्य ६ सयभन्दा बढी हिरासतमा रहेको तत्थ्याङ्क बाहिर आयो ।
यसले रास्वपाको असली अनुहार त देखियो नै रास्वपा शुभचिन्तकले समेत आन्दोलनप्रति चासो देखाएनन् । यही बीचमा डीपी अर्यालले नै परराष्ट्रमन्त्री आरजु राणासँग भेट गराइदिन म्यासेज पठाएको खुलासा भयो । जुन सत्य भएको तरआफ्नो गोपनियताको हनन भएको भन्दै मुद्दा हाल्ने डीपीकै भनाइले पुष्टि गर्यो ।
यसले बाहिर पुरानामाथि गाली गर्ने र भित्रभित्रै चोचोमोचो मिलाउन खोज्ने उनीहरुको दोहोरो चरित्रको वास्तविकता उदांगिदा अब रास्वपाको आन्दोलन तुहिएकै अवस्थामा छ । जहाँ आन्दोलन चर्काउन नसकेको भन्दै केन्द्रीय समितिलाई प्रदेश समितिले प्रश्न उठाउन थालिसकेको छ । लुम्बिनी प्रदेश समितिले जनमतसँग एकतादेखि कार्यबहाक सभापति र शक्तिशाली महामन्त्री नियुक्तिको बहसनै चलाएको छ । यसले रास्वपा चौतर्फी सकसमा पर्दा रविको थुनिने दिनमात्र बढेका छैनन् उसपभापति डीपी अर्यालले नमरुन्जेलसम्म रवि नै सभापति रहने भन्दै पार्टीलाई अझ प्रश्नको घेरामा धकेलेका छन् ।
पछिल्लो कदम हेर्दा सरकार आक्रामक रुपमा अघि बढेको पक्का हो । अर्थात रास्वपाको शक्तिबाट डराउने भन्दा उठेको प्रश्नको जवाफ दिने बाटोमा सरकार देखिन्छ । जुन ‘ईटको जवाफ पत्थर’ले दिने रणनीतिजस्तो देखिँदा ऋषिकेश पोखेरल र धनराज गुरुङ पक्राउ परे अनौठो मान्नु पर्ने अवस्था छैन । बरु योबीचमा प्रदीप पौडेल जापानबाट डिपोर्ट भएको पुरानो समाचारलाई रास्वपाका नेताहरुले मुद्दा बनाउँदाडीपी अर्यालसहकारीमा विवादित सरकार पक्षीय नेताहरुले विषयलाई उचालिरहेका छन् ।
त्यो भन्दा अघि बढेर रविपत्नी निकिता पौडेल पनि साई स्वागत सहकारी ठगीको विवादमा तानिएकी छिन् । यसले रास्वपा अरु नेताहरु र उनीहरुसँग जोडिएका व्यक्ति पनि सरकारको तारोमा रहेको पक्का हुँदा शुभचिन्तक भने एकातिर टाल्यो अर्कातिर फाट्ने अवस्थाको सामाना गरिरहेका छन् । जसले घुमिफिरी रास्वपाले नै राजनीतिक नोक्सानी व्यहोरिरहेको प्रष्ट छ ।
प्रतिक्रिया