दार्चुलामा शनिबार बिहान हाइस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका-९ पडालमा १७ जना यात्रु सवार हाइस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार दार्चुलाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आइरहेको बा ५ ख ५२६५ नम्बरको हाइस शनिबार बिहान पल्टिएको हो।
दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका-६ का १४ वर्षीय जस्मिन धामी, शैल्यशिखर नगरपालिका-७ का ८० वर्षीय विष्णुदत्त जोशी, उनका नाति १० वर्षीय हिमांशु जोशी, कञ्चनपुरको वेदकोट नगरपालिका-७ की ४० वर्षीया बसन्ती विष्ट र सहचालक कैलालीको बर्दगोरिया गाउँपालिका-१ का २१ वर्षीय रोहित स्वाँर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य छ। गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
ब्रेक फेल भएर हाइस दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
प्रतिक्रिया