काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ ।
आज बसेको समिति बैठकले सर्वसम्मत रूपमा निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो । प्रस्तावित न्यायाधीशहरूबारे आज सुनुवाइ भएको थियो। सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए ।
निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माण प्रक्रियामा कमिसन लिएको, सर्वोच्च अदालतका लागि गाडी खरिद तथा भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता गरेको उजुरी परेको थियो।
प्रतिक्रिया