नेपालगन्ज । सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी अस्पतालअगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
नेपालगन्जको बसपार्कस्थित बाइपासरोडमा आइतबार साँझ भे ६ प ८०२ र भे ३ प ७१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जका २६ वर्षीय अमन कसौधन (गुप्ता)को मृत्यु भएको थियो भने नेपालगन्जकै एहसान शेष घाइते भएका थिए।
घाइते शेष भेरी अस्पतालबाट सम्पर्कविहीन भएपछि मृतकका आफन्त र स्थानीयले तत्काल समात्न माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन्। पीडित पक्षले शेषलाई नल्याउँदासम्म आन्दोलन जारी रहने बताएका छन्।
प्रतिक्रिया