काठमाडौँ – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह इजिप्ट उडेका हुन् ।
उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा बिदाइ गरे । कार्यक्रममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहनेछ । शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्ने तालिका छ ।
प्रतिक्रिया