वैकल्पिक दाबी गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी पुरानै शक्तिसँगको साँठगाठले निरीह बन्न थालेको छ । फलतः उसका कार्यकता र शुभेच्छुक नै निराश हुने अवस्था आउँदा सभापति रवि लामिछाने पक्राउले पार्टी अझ अलमलमा परेको छ । अर्थात पुराना दलका कारणभन्दा पनि आफ्नै नेताकाकारण रास्वपाको ओरालो यात्रा तीव्र बन्दा कार्यकता र शुभेच्छुककोसमेत बोल्ती बन्द हुने अवस्था सिर्जना भएको हो ।
राजनीतिक सुझबुझको कमी र दोहोरो चरित्रका कारण राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आरोलो यात्रा तीब्र बनेको छ । सत्तामा रहँदा होस या विपक्षमा हुँदा उनीहरु पुराना दलको गुलामी गर्नेभन्दा माथि उठ्न सकेका छैनन् । तर बाहिर भने तिनै पुराना दलहरुलाई नै गाली गर्ने र विकल्पका रुपमा व्याख्या गर्ने उनीहरुको चरित्र अहिले प्रश्नमा छ । यसले तल्लो तहका नेता कार्यकर्ता नै अलमलमा छन् भने पुराना दलले पेल्ने ठाँउ पनि पाइरहेका छन् । अर्थात जसको विरोध गर्यो उसैको शरण पर्नुपर्ने रास्वपा नेताहरुको हालतले शुभेच्छुकहरुलाई समेत पार्टीको पक्षमा उभिने आधार मिलिरहेको छैन ।
सोमबार साँझ मात्रै रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारमा भेटेको खुलासा भइसकेको छ । यसबाहेक सोमबार साँझ नै अर्यालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको खुलेको छ । त्यस्तै उनले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटका लागि आग्रह गरेर पठाएको म्यासेज नै अहिले छताछुल्ल भएको छ । यसले सडकबाटै सत्ता ढाल्ने र पुराना नेताविरुद्ध उनीहरुले दिइरहेको अभिव्यक्ति कति बलियो भन्ने प्रश्न छर्लङ हुँदा उनीहरुको लहैलहैमा सडकमा उत्रिएका कार्यकर्ता नै लाज मान्नुपर्ने अवस्थामा छन् ।
यता पार्टीकै हालत पनि रवि लामिछाने पक्राउ पछि कोमामा पुगेको छ । जसले कारबाहीमा परेका महामन्त्री डा.मुकुल ढकालले रास्वपा पार्र्टी नभई संगठन,क्लब भएको आरोपलाई नै बल पुर्याइरहेको छ । यता यसअघि नै रास्वपा नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न चाहेको खुलासा भइसकेको छ । त्यस्तै वित्तीय अपराधमा मुछिएका व्यक्ति भएको भन्दै रवि पक्राउको विरुद्ध प्रतिपक्ष र सत्ता पक्षका कुनै पनि दलले साथ दिएनन् । अर्थात छानबिनमा सघाउनुपर्ने भन्दै सत्ता र प्रतिपक्षी दलहरू एक मत देखिँदारास्वपाले हतारमा गरेको आन्दोलनको औचित्यमाथिकै प्रश्नसमेत अझ बलियो बन्दै गएको छ । यसले सुशासन कायम गर्ने र पुरानाभन्दा फरक देखिने रास्वपाको दाबी एकै व्यक्तिको पक्राउले धुलिसात भएको हो ।
मुख्य कुरा त रास्वपा नेताहरु नै आफ्नै रणनीतिमा एक मत हुन सकेका छैनन् । डा.स्वर्णिम वाग्ले जस्ता नेताहरु आन्दोलनको बाटो प्रत्युत्पादक भएको भन्दै पछि हट्दा डिपी अर्यालहरु आन्दोलनकै पक्षमा छन् । जसले रवि र रास्वपा फरक भएको सन्देश दिनुपर्ने बहस समेत रास्वपामा उत्पन्न भएको छ । यता नेताहरुको अभिव्यक्ति र क्रियाकलाप नै प्रश्नको घेरामा परेको छ । विराजभक्त श्रेष्ठ जस्ता व्यक्तिले अश्लिल गाली गर्दैै व्यवस्थामाथि उठाएको प्रश्न होस कि पोखरामा देखिएको चुम्माचाटीको दृश्य होस, यसले आन्दोलनकै बद्नाम भएको थियो । उनीहरुका लागि पोखरा यात्रा रवि छुटाउने भन्दा रमाइलो र भेटघाटको अवसर भएकै भाष्य निर्माण हुँदा स्थानीयले समेत साथ दिएनन् । यता सरकारले पनि सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने रविमात्रबाहेक ६ सयभन्दा बढि पक्राउ परेको यर्थाथता बाहिर ल्याएको छ । त्यसबाहेक सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ फिर्ता गरेको छ । त्यस्तै रविपत्नी निकिता पौडेलसमेत सहकारी प्रकणमा डामिन सक्ने अरु तत्थ्यहरु बाहिरिँदारविलाई छानविन नै गर्न नहुने हो भन्ने भाष्य यसले अझ बलियो बनाइदिएको छ ।
हुन त रवि घाइते बाघका रुपमा आए आफू सकिने अवस्थाबारे सरकार पहिले नै अवगत रहेको रास्वपा नेताहरुले बुझेनन् । यसको अर्थ यथेस्ट प्रमाण,मुद्दा स्थापित गर्न सकिने अवस्था तथा सहकारी ठगीमा परेका लाखौको साथ पाउने गरि सरकार अघि बढ्ने उनीहरुले आकलन गर्न सकेनन् । बरु यो बीचमा सरकारले सहकारी ठगीको माष्टरमाइण्ड जिवी राईलाई समेत नेपाल ल्याउन आवश्यक तयारी थालेको छ । त्यो सफल भए आकाश पाताल जहाँबाट पनि ल्याउछु भन्दै तत्कालिन सहकारी पिडितलाई सपना देखाएका रविको असलियत अझ बाहिर आउने छ । यसको डरमा समेत रास्वपा रहँदा सत्तामा होस या विपक्षमा हुँदा पुराना दलको छत्रछायाबाट पर नपुग्ने अवस्था उसको अवस्था यसले प्रष्ट पारेको छ । अझै घटनाक्रमले छोटो समयमै सत्तामा त्यो पनि गृहमन्त्रीमै हुनुपर्ने रविको चहानाको वास्तविकतासमेत छताछुल्लन हुन थालेको छ । जसले रास्वपालाई पूर्ण विश्वास गरेर रवि र रास्वपा नेताहरुको पछि पछि कुद्नेहरु सबैभन्दा बढी मारमा पर्ने दिन नआउला भन्न सकिँदैन ।
प्रतिक्रिया