नेपालको राजनीतिक इतिहासमा छोटो समयमै राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुन रुपमा उदायो त्यही रुपमा अस्ताउने क्रममा देखिन्छ । पार्टीको मूल मेरुदण्ड सभापति रवि लामिछाने नै विभिन्न काण्ड र विवादमा मुछिँदा सिंगो पार्टी धरासायी बन्न पुगेको छ । सहकारीको रकम हिनामिना र संगठित अपराधमासभापति लामिछाने पक्राउ परेको नौ दिन पूरा भई सक्दा पनि रास्वपाले हालसम्म कार्यवाहकसभापति तोक्न सकेको छैन ।
‘नो नट अगेन’ भन्दै, २०७९ असार ७ मा स्थापना भएको राष्ट्रिय स्वतन्त्रपार्टी स्थापनाको पाँच महिनामै निर्वाचनमा होमिएरदेशको चौथो ठूलो शक्ति बन्यो । नेपालको राजनीतिकइतिहासमै छोटो समयमा राष्ट्रिय दल बनेको रास्वपा जुन गतिमा उदायो त्यही गतिमा अस्ताउने क्रममा देखिन्छ ।पार्टीकोमेरुदण्डका रुपमा रहेका सभापति रवि लामिछाने सहकारी रकम अपचलनर संगठित अपराध कसुरमा पक्राउ परे पछि सिंगो पार्टी अहिले सिथिल बन्ने क्रममा देखिन्छ ।
पार्टीका नेता कार्यकताहरु मियो बिनाको दाइँ जस्तो बनेका देखिन्छन् । उनीहरुके गर्ने? कसो गर्ने? भन्ने रनभुल्लमा परेका छन् । सभापति लामिछाने गर्दै सडक संघर्ष गरिरह पक्राउ परेसंगै रिहाइको मागेको रास्वपाले हालसम्म पार्टीका अन्य गतिविधिलाई अगाडि बढाउन सकेको छैन । सभापति लामिछाने बिना रास्वपा शून्य जस्तो बनेको छ । लामिछाने पक्राउ परेको आइतबारनौ दिन पुगिसक्दा पनि हालसम्मसो पार्टीले कार्यवाहक सभापतिका रुपमा कसैलाई पनि अगाडि सार्न सकेको छैन । यद्यपि, उपसभापति डिपी अर्यालले अघोषित कार्यवाहक सभापतिका रुपमा काम गरिरहेका छन् ।
यसबीचमा शनिवार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल र स्वर्णिम वाग्लेलाईबेग्लाबेग्लै कामको जिम्मेवारी तोकेको छ।कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने गरी आन्दोलन सञ्चालन मूल समिति गठन गरिएकोछ।यस्तै अर्का उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ। आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ।त्यसो त पार्टी विधान अनुसार सभापतिले तोकेका दुई उपसभापति मध्ये एकजना कार्यवाहक सभापति हुने व्यवस्था छ ।
यस हिसाबले उपसभापति अर्याल र वाग्लेमध्येबाट एकलाई लामिछानेले कार्यवाहक सभापति तोक्नु पर्ने हुन्छ । तर विधानले गरेको व्यवस्था अनुसार सभापतिले तोकेको उपसभापतिलाई कार्यवाहक सभापति बनाउने गरी लामिछानेले निर्णय गरेका छैनन् । औपचारिक रुपमा कार्यवाहक नतोकिए पनि रास्वपाले कार्यवाहक सभापतिको अभ्यास भने गरिसकेको छ । कात्तिक ५ गते विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा रास्वपाबाट अर्यालले हस्ताक्षर गरेका थिए । शनिबार भएको केन्द्रीय समिति बैठकको अध्यक्षता पनि अर्यालले गरेको रास्वपा नेताहरुले बताएका छन् । जसले गर्दा पार्टीभित्र समस्या नरहेको नेताहरु दाबी गर्छन् ।
सभापति लामिछाने पक्राउको दिनदेखि रास्वपाले निरन्तर रिहाइको माग गरे पनि सफलता हात पार्न सकेको छैन । आइतबार पनि रास्वपाले देशका सातै प्रदेशमा विरोधका कार्यक्रमहरु गरेको थियो भने राजधानी काठमाडौंको माइतीघरमा दिउँसो तीन बजेदेखि पाँच बजेसम्म सरकार विरोधी कार्यक्रम ग¥यो ।
रास्वपाले ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ जनाएको छ । सभापति एवं संसदीय दलको नेता लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र भएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर्न रास्वपाले माग गरेको छ ।(रास्वपा) ले सडक प्रदर्शनसँगै आन्दोलनलाई नागरिक समाजतर्फ पनि विस्तार गर्ने तयारी गरेको छ।
सभापति लामिछानेलाई प्रतिशोध साँध्ने नियतले हिरासतमा लिएको र बयान लम्ब्याइरहेको भन्दै विभिन्न राजनीतिक दल र नागरिक समाजसँग पनि संवाद, छलफल र अन्तरक्रियाको तयारी गर्ने निर्णय गरेको हो।लामिछानेमाथिको अनुसन्धान लम्बिने देखेर रास्वपाले सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत साना दलसँग छलफल गर्ने योजना बनाएको पार्टीका नेता बताउँछन्।
लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरी प्रहरीले पोखरा लगेको थियो। त्यसबेलादेखि नै रास्वपाले सडक प्रदर्शन गर्दै आएको छ।लामिछानलाई गत बिहीबार (कात्तिक ८ गते) दोस्रो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।गत बिहीबारसम्म रास्वपाले पोखराकेन्द्रित आन्दोलन र जनप्रदर्शन गर्दै आएको थियो। त्यसपछि रास्वपा काठमाडौंकेन्द्रित प्रदर्शनमा होमिएको छ । सहकारी प्रकरणसँगै लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाउने तयारी भइरहेको छ । राजनैतिक प्रतिशोध साँधेर आफ्नो सभापतिलाई झुटो आरोप लगाई फसाएको भन्दै रिहाइको माग गर्दै सरकार विरोधी कार्यक्रम गरिरहेको रास्वपाको आन्दोलनले सरकारलाई छुन सकेको देखिँदैन । रास्वपाको सरकार विरोधी कार्यक्रम हेर्दा ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै भएको छ ।
प्रतिक्रिया