Breaking

रवि पक्राउपछि सहकारी ठगको भागाभाग, ओली–लेखक नै आक्रामक, ६०० जनाको सूचि (भिडियो)


काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेविरुद्ध विहीवारजिल्ला अदालत रुपन्देहीले पनि पक्राउ पुर्जी जारी गरेको छ। बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न पक्राउ अनुमति दिएको हो ।

जुन पक्राउ पुर्जीमा लामिछाने र छवीलाल जोशीसहितदीपक लामा, अनन्तबाबु राई, बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङ रहेका छन्।अर्थात रवि र छवीसहित अदालतले १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सरकारले रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधेर अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीकाबीच यो उनीहरुको लागि उत्तर नै थियो । जहाँ जिल्ला अदालत कास्कीले नै पनि यसअघि पक्राउपुर्जी रविविरुद्ध मात्रै जारी गरेको थिएन । बरु लामिछानेसहित यो सूचीमा विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राईको पनि नाम थियो ।

त्यस्तै सोही पुर्जीमा विज्ञान राई, ओमप्रकाश गुरुङ, बीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अदालतले अनुमति दिँदा यसले सहकारी ठगीविरुद्ध सरकारको सक्रियता प्रष्ट पारेको छ । जहाँ शुक्रबार मात्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न रामबहादुर खनाललाई पक्राउ गरेको छ । शुक्रबार नै उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइदा प्रहरीको काम नै अहिले सहकारी ठगहरुलाई पक्रने बनिरहेको छ ।

रास्वपाले रवि लामिछाने मात्र पक्राउ परेको र अरु छुटिरहेको भन्दै सडक आन्दोलन जारी राखेपछि अझ दवावमा परेका सत्तारुढ दलहरुसहकारीलाई साझा मुद्दा बनाएर अघि बढेका छन् भने उनीहरु कसैको नेतालाई नबचाउने गरि नै प्रस्तुत भइरहेका छन् ।

(बाँकी सामाग्री भिडियोसहित)