काठमाडौं । युद्धको तुवालोमा मडारिरहेको इजरायल र इरानबीचको आक्रमण शनिबार झनै घातक देखियो । इजरायलले इरानको शैन्य अखडामा शक्तिशाली आक्रमण गरेर मन शान्त पारेको छ।
इजरायलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफका रूपमा तीन चरणमा गरेर २० वटा सैन्य निशानामा भिषण हमला गरेको थियो ।
इरानमाथि मिसाईल हमाल गरेको इजरायलले शनिवारको ‘वार’ लाई केही समयको लागि अन्तिम बनाउँदै विश्राम लिएको छ। यसलाई तत्काल युद्धविरामकै रुपमा हेरिएपनि इजरायली डिफेन्स फोर्सेस आइडिएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने ’अधिकार र दायित्व’ इजरायल सामु भएको भन्दै निहुँ खोज्न आए हात बाधेर नबस्ने धम्कीसहितको प्रतिक्रिया दिएकाछन् ।
गत अक्टोबर ७ मा इरानले आफुमाथि गरेको हमलाको प्रतिसोध सहित इजराइल आक्रमणमा उत्रिएको छ । जवाफी हमला गर्ने माथि आफु चुप नबस्ने बताएको इजराईल तीन साता पछि एकाएक शैनिक अडडमा निसाना बनाई आक्रमणमा होमिएको थियो ।इजरेली हमलासँगै गएराति इरानको राजधानी तेहरान र त्यसनजिकका दुई सहरहरूमा भिषण गोलाबारी चलेको थियो ।
तीन साताअघि इरानले इजरायलमा झण्डै दुई सयको सङ्ख्यामा व्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो। जसको बदलामा इजरायलले इरानको सैन्य अखडामै हमला गरेको हो ।
(बाँकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया