काठमाडौँ— सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) को चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही निर्मल पुर्जा ‘निम्स’ को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उहाँले सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको आइतबार १स् ५० मा सफल आरोहण सकेर निम्स नेपाल फर्किनुभएको हो । क्यास्टेर्न पिरामिड विश्वको सात शिखरमध्येको एक हो ।
विना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने पहिलो आरोही बनेका छन् निम्स ।विमानस्थलमा उनको स्वागतमा सयौं युवाहरूले मोटरसाइकर्ल याली निकालेका थिए । उनलाई विमानस्थलबाट गौशाला, चाबहिल हुँदै बौद्ध गुम्बा र्पुयाइएको थियो ।
प्रतिक्रिया