काठमाडौँ— सहकारी ठगीमा रवि लामिछाने पक्राउले लहरो तान्दा पहरो थर्किने अवस्था बन्दा प्रहरी महानिरीक्षक बसन्त कुँवर नै विवादमा परेका छन् । उनकै दाजुसमेत ठगीमा जोडिएको तथा उनले यसअघि नै रविलाई क्लीन चिट दिएको विषय अहिले चर्चामा छ । फलतः निष्पक्ष अनुसन्धानका लागि उनको राजीनामा आउनुपर्ने बहस नै सुरु भएको छ ।एक
सहकारी ठगी प्रकरणमा वारपार गर्ने गरि काम शुरु भएको सरकारको दाबीकाबीच प्रहरी महानिरीक्षक बसन्त कुँवर नै विवादमा तानिएका छन् ।
एकातर्फ संगठनमै उनी निरीह रहेको तर्ककाबीच सहकारी ठगीमा उनका सहोदर दाइ जोडिएको तथा रवि लामिछानेलाई क्लीन चिट दिएको विषयले उनीमाथिको प्रश्न पेचिलो बनेको हो । जीबी राईको पाँचवटा सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा बाबुराम कुँवरकानुनी सल्लाहकार रहेको खुलेको छ । पूर्वप्रदेश प्रमुखसमेत रहेका तथा अहिले राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार रहेका उनी महानिरीक्षक वसन्तबहादुर कुँवरका सहोदर दाइ हुन् ।सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले नै यसलाई पुष्टि गर्दा कुँवरले यसअघि सहकारी ठगीमा रविलाई क्लिन चिट दिनुको कारणसँग समेत यसको सम्बन्ध जोडिएको छ ।यही शक्तिकै कारण कुँवरमाथि अनुसन्धान नै नहुँदा बसन्तको चासो नै दाजुको विषयमा हुने गरेको खबर बाहिरिएका छन् । जहाँ उनलेजिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको ठगीबारे पीडितले दिएको पूरक जाहेरी स्वीकार गरेको कुरा लुकाएका थिए । कास्कीको प्रहरी नेतृत्वलाई साक्षी राखेर झुट बोल्न सक्रिय भएका उनले संसदको राज्य व्यवस्था समितिमै गएरलामिछाने विरुद्ध प्रमाण नभएको दाबी गरेका थिए । यसले एउटै मुद्दामा महानिरीक्षकको दोहोरो रायदेखिने अवस्था बन्दा उनीमाथि अहिले प्रश्न छ । फलतः महानिरीक्षक कुवँरले राजीनामा नै दिनुपर्ने बहस शुरु हुँदा पूर्वप्रहरी अधिकारीहरु नै बसन्तले देखाएको दोहोरो भूमिकामाथि प्रश्न गर्छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नै अहिले यसबारे प्रश्न उठाउन थालिसकेका छन् । कार्यवाहक प्रवक्ता मनीष झाले कुँवरलाई राष्ट्रपतिको कानुनी सल्लाहकार बनाइदिएको विषयमा नै प्रश्न गर्दा उनीमाथि बयानसमेत नलिएको भन्दै आपत्ति जनाएका छन् । अर्कातर्फ रविमाथि सम्पूर्ण दोषी नै उनीभए जस्तो व्यवहार गरिएको भन्दै उनले यसलाई नियोजित भन्न सकिने आधार बनाएका थिए । यसबाहेक सँगठनभित्रैपनि बदमासी बढ्दा उनी चुप देखिँदा खरो रुपमा उत्रिन सकेका छैनन् । हनी ट्रयापको विषयमा एसपी र इन्सपेक्टर नै फसेको विषय होस् या क्रिप्टोकारोबारीसँग रकम अशुली गरेको विषय होस् प्रहरी बद्नाम हुँदा उनको नेतृत्वमाथि प्रश्न उठेको छ । अर्थात प्रहरी इतिहासमै कमजोर र बद्नामी अवस्था कुँवरकै नेतृत्वमा पुगेको रुपमा यसलाई हेरिँदा उनी राजनीतिक दलको गुलामीभन्दा माथि उठ्न नसकेको आक्षेप छ । यतिमात्र नभएर कुँवरलेसुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा पुरस्कृत गरेका थिए ।
यसरी कारबाही भोग्नुपर्ने पुरस्कृत हुने र प्रहरी अधिकारीसमेत राजनीतिक चलखेलको सिकार बन्ने अवस्था बन्दा कुवँर प्रहरीको नेतृत्वकर्ताको रुपमा प्रस्तुत हुन सकेका छैनन् ।
हुन त कुवँर शक्तिकै आडमा आईजीपी भएका व्यक्ति हुन् ।एसएसपी हुँदासम्म वरीयतामा निकै पछाडि रहेका उनी डीआईजीमा बढुवाहुँदा १ नम्बरमा परे । कार्यक्षमतासमेत मध्यम रहेका उनी स्वभाविक रुपमा महानिरीक्षको दावेदार नै थिएनन् । तर कांग्रेसले अघि बढाएका अशोक सिँहले उमेर विवादले राजीनामा दिएपछि कांग्रेसकै दोस्रो रोजाईमा पर्दा कुँवरको भाग्य खुलेको थियो । फलतः अहिले उनीमाथि प्रश्न उठ्दा सत्तारुढ कांग्रेसले चाल्ने कदम चासोपूर्ण बनेको छ । यता लहरो तान्दा पहरो थर्किने आशासहित यो विषयलाई उठाउनुको तारसमेत यसैसँग जोडिएको छ ।
यसरी हेर्दा सहकारी ठगी प्रकरणमा महानिरीक्षक कुँवर ‘कन्फ्लिक्ट अफ इन्ट्रेस’जोडिएका व्यक्ति हुन् । रवि पक्राउपछि यही विषय चर्चामा रहँदा सरकारले समेत यसलाई प्रमुख मुद्दा बनाएको छ । फलतः यो विषय रविमाथि घेराबन्दी नभई पीडितको पक्षमा रहेको देखाउनसमेत महानिरीक्षकको बहस महत्वपूर्ण विषय बनेको हो । त्यसमाथि सँगठनमै देखिएको विचलन र उनको नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्दा यो बहसलाई अझ पेचिलो बनाइदिएको छ । जसको निकाश नखोजे यसको लप्कामा सरकार नै नपर्ला भन्न सकिँदैन ।
प्रतिक्रिया