Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

काठमाडौं आएको भिस्टारा एयरमा बम राखेको हल्लापछि खानतलासी !


काठमाडौँ – भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि अहिले काठमाडौं विमानस्थलमा खानतलासी सुरू भएको छ ।

नेपाली सेनासहितको टोलीले खान तलासी सुरू गरेको हो । १५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो । भारतीय विमान कम्पनीमा भारतबाटै बम रहेको सूचना दिएपछि अहिले सर्च गरिरहेको सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म केही नदेखिएको भए पनि सर्च जारी रहेको छ ।