Breaking

दलीय धारणा: रविको पक्षमा उभिए सीके र बाबुराम, प्रचण्ड मुद्दा बनाउँदै, देउवाको काम ओलीबाट फत्ते ? (भिडियो)


काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेसँगै आमनागरिकसमेत दुई धारमा विभाजित भएका छन् । कोही रविको समर्थनमा सडकमा उत्रिएका छन् भने, कोही कारवाही गर्नु पर्ने माग राखिरहेका छन् । जनतामात्रै होइन रविको पक्राउपछि राजनीतिक दलका नेताहरूले पनि आ–आफ्नो कित्ता क्लियर गरिरहेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका नेता गोकुल बास्कोटाले कानुनको दायरामा आएपछि प्रदर्शन गर्नुको कुनै औचित्य नभएको भन्दै कानुनीराजको उपहास र शक्तिपृथकीकरणको अपमान भएको टिप्पणी गरेका छन् । अर्काे सत्तापक्ष नेपाली कांग्रेसको पनि एमालेको जस्तै धारणा छ ।

प्रतिपक्षी नेता वर्षमान पुन भने राज्यले रविलाई पक्राउ गरेर प्रतिशोध साँधेको बताइरहेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव रहेका पुनले राज्यले एउटै प्रकृतिको मुद्दामा दोहोरो चरित्र देखाएको भन्दै आफ्नालाई काखा र अर्कालाई पाखाको नीति अपनाएको धारणा राखेका छन् ।

प्रतिपक्षी रविको पक्षमा उभिनु स्वभाविक नै रहे पनि रविको पक्राउलाई लिएर सत्ता पक्षकै नेताहरूबीच पनि फरक मत देखिएको छ । एमाले, कांग्रेसले रविलाई कानुनी कठघरामा उभ्याउनु सही भएको टिप्पणी गरिरहँदा सत्तामा सामेल जनमत पार्टीको भने यी दुई दलको भन्दा भित्र मत छ ।

जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको र भावी पुस्ताको स्वर्णम भवष्यिलाई भ्रूणमै हत्या गर्न खोजिएको टिप्पणी गर्छन् । रास्वपा आफँै वैकल्पिक पार्टी भएकाले सहकारी ठगी प्रकरणको अनुसन्धानमा रविले सघाउने विश्वास लिएको र उनी स्वयंले यो विषय पार लगाउने धारणा राखेका छन् ।

(बाँकी सामाग्री भिडियोसहित)