Breaking

रास्वपाको रौद्र रुप, मर्न र मार्न किन उस्काउँदैछन् कार्यकर्ता ? (भिडियो)


काठमाडौं । पार्टी सभापति रवि लामिछाजने पक्राउ परेपछि रास्वपा वृत्त सडक आन्दोलनमा छ । यो पक्राउलाई नै प्रथम दृष्टिमै प्रतिशोध र नयाँ दलमाथिको निषेधका रुपमा हेरेको छ । हुन पनि गिरिबन्धु जग्गा प्रकरणका आरोपी नै प्रधानमन्त्री भएर सरकार चलाइरहनु र मानव बेचबिखनको आरोप लागेका केही व्यक्ति मन्त्री बनी झण्डा हल्लाएर हिंडिरहेका छन् ।

सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा लेखा समिति सभापति ऋषिकेश पोखरेल अनुसन्धानको दायरामै आएका छैनन् । मुख्य ठगहरु फरार रहँदा सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्नता नभेटिएका लामिछानेको पक्राउमा प्रतिशोध देख्नु रास्वपाका लागि स्वभाविक नै हो । यसैक्रममा अदालतमा हाजिर हुँदैगर्दा रविले सरकारले झुटा मुद्दामा आफूलाई फसाउन खोजे पनि न्यायालयले न्याय दिने विश्वास व्यक्त गरेका छन् । तर, यहाँ रविमाथि प्रश्न के हो भने उनी पक्राउ पर्दैमा सरकार ढाल्नुपर्ने आवश्यकता के ?

हिजो आफू गृहमन्त्री हुँदा आरजु राणालाई पक्राउ गर्न खोज्दा सरकार ढलेको बताउने रवि अहिले आफैँ पक्राउ पर्दा सरकार ढाल्न किन कार्यकर्ता उचाल्दैछन् ? लगायत प्रश्न उठेका छन् । केपी शर्मा ओली आफैँ गिरिबन्धु जग्गा प्रकरणका आरोपी हुन् यसमा दुईमत रहेन । तर, हिजो गृह मन्त्रालय दिँदा ओलीजस्तो नेता हुनु सौभाग्य मान्ने रवि आज तीनै ओलीको सरकारले अनुसन्धानमा ल्याउँदा ओली प्रधानमन्त्री हुनु नै दुर्भाग्य मानिरहेको छ ।

अर्थात, जुन शैली पुराना राजनीतिक दलहरुले छाडिसकेका छन् त्यही शैली रास्वपा किन अपनाउँदैछ ? र कसरी रास्वपा विकल्प भयो भन्ने गम्भीर प्रश्न उठेको छ । एकातर्फ अदालतमाथि विश्वास रहेको बताउने र अर्कोतर्फ अदालत पनि नांगिसकेको टिप्पणी गर्ने रास्वपाले आफू वैकल्पिक भएको भाष्य आफैँले काटिरहेको छ ।

(बाँकी सामाग्री भिडियो सहित)