Breaking

रवि छुटाउन देशभर प्रर्दशन, काठमाडौं–पोखरामै उर्लियो भिड


काठमाडौँ – सहकारी रकमअपचलनको आरोपमा (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेपछि उनका पार्टीका नेताकार्यकर्ता र शुभेच्छुकहरुले देशैभरी आन्दोलनचर्काएकाछन् ।दिनभर रविको समर्थनमा सडकमा के–के भयो ?

सूर्यदर्शन सहकारीको रकमअपचलनको आरोपमारास्वपा सभापतितथापूर्व गृहमन्त्री रवि लामिछानेपक्राउ परेपछि उनको पार्टीका नेताकार्यकर्ता र शुभेच्छुकलेशनिवारबाटविरोध प्रदर्शन सुरु गरेकाछन् । लामिछानेलाई शुक्रबार साझँ पार्टी कार्यालय काठमाडौंको बनस्थलीबाट पक्राउ गरेर प्रहरीले रातारातपोखरा पु¥याएको थियो । लामिछानेमाथिकास्कीप्रहरीमा मुद्धा छ ।

रविपक्राउको विरोधमाशनिवार देशकाप्रमुख सहरहरु इटहरी पोखरा काठमाडौं लगाएत ठाउँमा रिहाईको मागगर्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी नेताकार्यकर्ताहरुले सरकारले राजनैतिकप्रतिसोध साँधेररविलाई पक्राउ गरेकोभन्दै आक्रोश पोखेकाछन् ।
पज…

काठमाडौंको माइतीघर मण्डलामा पनि रास्वपाका नेताकार्यकर्ता रशुभेच्छुकहरुले सरकार विरोधीकार्यक्रमआयोजना गरेकाथिए । बिरोध कार्यक्रममा रवि समर्थकहरुले सरकार मरेको जुठो परेको लगाएतकापर्चा पम्पलेट बोकेर विरोध गरेका छन ।

माइतिघर मण्डलामा भएको विरोधकार्यक्रममापार्टीकाशिर्षनेताहरु छिटपुट दे्िखएपनि स्वस्र्फुत रुपमाबाक्लो संख्यामाशुभेच्छुकहरु उपस्थितभएकाथिए । रविलाई पोखरा पु¥याईएकाले रास्वपाका दोस्रो लियरका नेतापोखरा केन्द्रित छन् । प्रदर्शनमा सहभागिहरुले शान्ती पूर्ण रुपमाविरोध जनाएकाछन् । प्रदर्शन सहभागिहरुले छिटपुट रुपमानिलो रिबन टाउकोमाबानेर पार्टीको संकेत देखाएपनिरास्वपाको पार्टी घण्टीबाहक निलो झण्डाभने खासै देखिएन ।
रास्वपाका काठमाण्डौं जिल्ला सभापतिले सरकारले जालसाजी गरेर कसुरनै नगरेको व्यक्तिलाई राजनैतिकप्रतिसोध साध्नपक्राउगरिएको आरोप लगाए , उनले अव यो सरकारको धेरै आयु नभएको भन्दै सकिने बेलाकमिलाको प्वाखपलाएको अर्थमा कटाक्ष गरे ।

विरोध कार्यक्रममा रवि समर्थकहरुले केपीओली राजीनामा दे जस्ता नाराहरु लगाउदै प्रधानमन्त्रीओलीको राजीनामाका साथै सरकारको चक्रो आलोचना गरेकाथिए । उनिहरुलेकांग्रेसकामहामन्त्रीगगनथापा र गृहमन्त्री रमेश लेखकमाथिपनिनारावाजी गरेकाछन् ।


शनिवार भएको विरोध सभालाई रास्वपाका नेताहरुले भने आफुहरुले आह्वाननगरी स्वतस्फुर्त सरकारको विरोधमाजनसागर उत्रिएकोजीकिर गरेकाछन् । यो कुनै पार्टीको कार्यक्रमनभई आमजनताको कार्यक्रम रहेको उनिहरुको दाबी छ ।

रास्वपाका सांसद देखि नेताकार्यकर्ता पछिल्लो क्रममाआक्रोषित देखिन्छन । सहप्रवत्तामनिस झाँले मर्ने र मार्ने सम्मको सार्वजनिकअभिव्यक्तिदिदा,उपसभापति स्वर्णिम वाग्ले पनि केहीआक्रोषित मुद्रामा सरकार प्रतिविषबमनगरिरहेकाथिए ।

रवि लामिछाने पक्राउपश्चात सिंगै देश यतिखेर उनको पक्ष र विपक्षमा बाँडिएको छ । उनको पक्षमाउभिनेहरूले राज्यशक्तिको दुरुपयोग गरेर रविमाथिप्रतिशोध साँधिएकोआरोप लगाउँदै गर्दा विपक्षमाभएकाहरुले कानुनअनुसार भएको काममा रोहिलो गर्नुको तुक नभएको भनिरहेकाछन् ।

रविपक्राउ पछि कानूनीप्रक्रियालाईमानेर अनुसन्धानमा सघाउनु बाहेक उनि संग अहिले अक्रो विकल्प देखिदैन । उनका समर्थक तथादलले पनिउनलाई जीवनभरको दागबाट उन्मुक्ती गराउने यो एउटा अवसरको रुपमालिन सक्नु पर्छ । त्यसमानिष्पक्ष अनुसन्धानका साथै न्यायलयले सहि फैसलागर्नेछ भन्नेमाविश्वस्तहुनु पर्छ ।