अन्तर्राष्ट्रिय

झनै चर्कियो युद्ध, नेतान्याहुलक्षित हिज्बुल्लाहको ड्रोन हमला


हमासका मूख्य नेता मारेपछि युद्ध अन्त्यहुने आस गरेको इजरायलले थप आक्रमण व्यहोर्दै गएको छ। शनिवार मात्रै इजरायलका प्रधानमन्त्रीको निवासमा लक्षित गरेर ड्रोन आक्रमण भएको छ।

असान्त बनिरहेको मध्यपूर्वमा इजरायल, हमास र लेवनालमाथि थप र्निमम बनको छ । इजरायलले हमासविरुद्धको युद्ध अभियानका क्रममा प्रमुख नेताहरुलाई निसाना बनाइरहेको छ । हमासका मूख्य नेतृत्व याह्या सिनवारको हत्या गरेसँगै हमास समूह कमजोर र विचलित भएको अनुमान गर्दै इजरायलले उत्सव मनाइरहेका बेला शनिबार प्रधानमन्त्री नेतान्याहुनै हिज्जबुल्लाको निसानामा परेका छन् ।

आइडीएफले लेबनानबाट इजरायलमा करिब ५५ वटा रकेट प्रहार गरिएको जनाएको छ । इजरायली नेतन्याहुको घरतर्फ ड्रोन ‘हमला भएको बीबीसीले जनाएको छ । तीन वटा ड्रोन मध्ये एउटा ड्रोन इजरायली प्रधानमन्त्री नेतान्याहुको तटीय सहर सिजेरियामा रहेको निजी निवास तर्फ “प्रक्षेपण“ गरिएको उनको कार्यालयले जनाएको छ ।तर कुनै क्षति भने भएको छैन् । हमलाको समयमा नेतान्याहु र उनकी पत्नी सारा घरमा नभएको उल्लेख गरिएको छ। इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाह समूहसँग सम्बन्धित रहेको बताउने हरूमाथि आक्रमण जारी राखेको छ ।

यद्यपि, हमाससँगै हिजबुल्लाहतर्फ सोझिएको इजरायलका लागि पूर्ण रुपमा अहिले नै आरामको सास फेर्ने अवस्था भने बनिसकेको छैन् । हिजबुल्लाहलाई पनि सिध्याइ छाड्ने अठोट लिएका इजराइल प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि इरान चुनौतीको पहाड बनेर उभिएकाले मध्यपूर्व अझै असान्ततिर धकेलिदै छ।

नेतान्याहु र सेनालेनै सिनवारको हत्या गरेको पुष्टि गरेको छ। हमासका प्रमुख नेताको हत्यापछि नेतान्याहुले इजरायलले सिनवारको हत्या गरेर बदला लिएको अभिव्यक्ति दिएका छन्। उनले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको बताए ।

शुक्रबार साझ हमासद्वारा सञ्चालित अधिकारीहरूले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको बताएका छन्। तर यस कथित आक्रमणमा इजरायलबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । इजरायली सेनाहरूले हालैका हप्ताहरूमा घना जनसंख्या भएको शिविरमा घेराबन्दी गर्दै आएका छन् र भनेका छन् कि यसले हमास लडाकुहरूलाई पुनः संगठित हुनबाट रोक्न प्रयास गरिरहेको छ । यस हप्ता हमास नेता याह्या सिनवारको हत्याले युद्धको अन्त्यको आशा जगाएको छ, तर इरानका सर्वोच्च नेताले समूह “बाँच्ने“ बताएका छन्।

यता, इजराइलले हमाससँगै लेबनानसँगको लडाइँ जारी राखेको छ । पछिल्ला दिनमा इजरायलले हिजबुल्लाह लक्ष्यहरूमा जमिन आक्रमण सुरु गरिरहेको छ । इजरायली सेनाले लगभग ६ सय हिजबुल्लाह लडाकुहरूलाई मारेको र यसको क्षेत्रीय कमाण्ड सेन्टरलाई ध्वस्त पारेको बताएको छ भने हिजबुल्लाहले इजरायली शहर हाइफा र यसको उत्तरी क्षेत्रहरूमा रकेट प्रहार गरेको बताएको छ । बाक्लो जनघनत्व रहेको सो क्षेत्रलाई केही सातादेखि इजरेली फौजहरूले घेराबन्दी गरिरहेका छन्।

यसै साता इजरेली हमलामा हमासका प्रमुख याह्या सिन्वार मारिएपछि एकथरीले युद्ध रोकिन सक्ने आशा गरेका थिए। तर सो समूहका उपनेताले हमास अझ सशक्त भएर बदलाकालागि निस्कने बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलले हिज्बुल्लाहसँग लडाइँ गरिरहेको लेबननमा “युद्धविरामको दिशामा काम गर्ने” सम्भावना रहे पनि “गाजामा गाह्रो रहेको” प्रतिक्रिया दिएका छन् । जर्मनीको राजधानी बर्लिनमा जर्मन, फ्रेन्च र ब्रिटिश नेताहरूसँग भेटवार्ता गरेर फर्कने क्रममा बाइडनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
हमासका अनुसार एक वर्षको अवधिमा इजरेली हमलामा गाजमा कम्तीमा ४२ हजार ५ सय मारिएका छन् भने दशौँ हजार घाइते भएका छन्।

सन् २०२३ अक्टोबर ७ देखि हमास र इजरायली सेनाबीच युद्ध जारी छ । यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिनवारसमेत मारिएपछि हमासलाई ठूलो क्षति भएको छ। इजरायलका लागि सिनवारको हत्या गर्नु एउटा मुख्य लक्ष्य थियो । उनको हत्या भए पनि गाजा युद्ध अन्त्य नहुँने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् । नेतान्याहूले अक्षम्य अपराधका लागि दण्ड दिएको बताए पनि हमासले बन्धक बनाएका १०१ जना मानिसहरूलाई नछुटाएसम्म युद्ध जारी रहने उनले जनाएका छन् । एकअर्काबीचको बदला र कुण्ठाभावले मध्यपूर्वमा अझै लामो समय युद्ध चर्कने र ठुलो हताहति हुने संभावना बढेको छ ।