Breaking

अध्यादेश ल्याएर पार्टी फुटाउन सरकार लागिपरेको विपक्षी दलको आरोप


काठमाडौं । विपक्षी दलहरूले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा लागिपरेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा नयाँ बानेश्वरमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पार्टी फुटाउने अध्यादेश ल्याए प्रतिवाद गर्ने निष्कर्ष निकालेको आजपाअध्यक्ष प्रभु साहले जानकारी दिए ।

बैठकमा प्रचण्डले केपी ओली नेतृत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने बताउनुभएको थियो । विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा सरकार देखिएकाले एकजुट भएर अघि बढ्नेसमझदारी बनेको उनले बताए ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, लोसपा र आम जनता पार्टीका नेताहरू सहभागी थिए ।