Breaking

पार्टी कार्यालयको जग्गाको टिप्पणीप्रति एमालेले गम्भीर ध्यानाकर्षण


काठमाडौं । पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर भएका छलफल, बहस र टिप्पणीप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू खेदजनक भएको दाबी समेत गरेका छन् ।

साथै एमालेले जग्गा दाता व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा नै अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको बताएको छ ।

एमालेले गुरुङका नाममा विचाराधीन रहेको मुद्दाका बारेमा गुरुङले नै फेस गर्ने र संविधान र कानुनभन्दा माथि कोही नरहेको पनि जनाएको छ ।

लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको दाबी गर्दै एमालेले यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको जनाएको छ ।

। दशैँको नवमीको दिन एमालेको नयाँ केन्द्रिय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेकाहुन् ।

एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गर्नुभएका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारी समेत लिएकाथिए । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेका नेता÷कार्यकताहरुले नै नेतृत्वको विरोध गरेका छन् ।