Breaking

डँडेलधुरामा बस दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो


डँडेलधुरामा बस पल्टिँदा ज्यानगुमाउनेको सङ्ख्या पाँचपुगेको छ । घटनास्थलमा थप एक महिलाको शव भेटिएसँगै ज्यानगुमाउनेको सङ्ख्या पाँचपुगेको जिल्लाप्रहरी कार्यालय डँडेलधुराले जनाएको छ ।

प्रहरीकाअनुसार बैतडीको पुर्चाैडी नगरपालिका–१० कीगोवणी महराको शवबिहान घटनास्थलबाट निकालिएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो ।

दुर्घटनामा पुर्चाैडी–३ का ४५ वर्षीय जैमतीबोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमलाबोहराको मृत्यु भएको थियो ।

नाबालक, सहदेव र कमला एकै परिवारका रहेकाप्रहरीले जनाएको छ । बसमा १७जना रहेकामाचालक बैतडीको पुर्चौडी–८ का २४ वर्षीय वीरेन्द्र बोहरासहित १२ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।।