Breaking

रुसी आरोहीको शव काठमाडौं ल्याइयो


काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गरेर काठमाडौं ल्याइएको छ ।

उद्धारकर्ताहरूले आरोहीको शव ७६०० मिटरबाट आधार शिविरसम्म ल्याएका थिए । हेलिकप्टरबाट उनीहरूको शव दुई पटकमा हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै छ । उनीहरूको शव काठमाडौँ ल्याएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार ६ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

उनीहरुको शव सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएको थियो । रुसी पर्वतारोहीको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएकाछन् ।

आई एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रुसी पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।