अपराध

विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार


काठमाडौँ— विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । विराटनगरको भूमी प्रशासन चोकमा रहेको मुन होटल तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरको अन्य भागमा चोट लागेको छ । उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य छ । गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

मंगलबार साँझ करिब ६ बजे विराटनगर- ९ का सावन दास र विनोद रायले खुकुरी प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । उनीहरु फरार छन् । फरार भएका दुवैको खोजी भइरहेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।