समाचार

शेर्पा संघ अमेरिकाको चौथो महाधिबेसन अक्टोबर २० मा हुने


काठमाडौँ— शेर्पा संघ अमेरिकाको चौथो महाधिबेसन आगामी अक्टोबर २० तारिख आइतबार शेर्पा किदुग न्युयोर्कको हलमा हुने शेर्पा संघ अमेरिका अध्यक्ष पासाङ दोर्जी एपि शेर्पाले बताउनु भयो। शेर्पा संघ अमेरिकामा फाइभवानसि फोरको मान्यता प्राप्त सामाजिक सस्था हो ।

संघले नेपालमा विभिन्न समयमा दैविप्रकोपमा परि दुख पाएको नेपालीहरुलाई मानवीय सहयोग गर्नुको साथै नेपाल शेर्पा संघ केन्द्रको विविध गतिविधिहरुमा हातेमालो गदै आएको छ । अमेरिकामा मुलधारको राजनितिमा लाग्ने युवाहरुलाई प्रोत्साहण दिदै आएको संघले पछिल्लो समय न्युयोर्कसिटिको विभिन्न तहको निर्वाचनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।


शेर्पा संघ अमेरिकाले महाअधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ संघले अक्टोबर २० तारिखका दिन नयाँ कार्यसमिति चयन गरि घोषण गर्ने कार्य सम्पन्न गर्नका लागि शेर्पा संघ अमेरिकाले अक्टोबर १२ तारिख बसेको समितिको बैठकले निम्न निर्वाचन समिति गठन गरिएको हो संघले अधिबेशनको मिति तोकिएसंगै सदस्यता बितरण कार्य बन्द गरियको र महाधिबेसनपछि पुनस् सदस्यता खुल्ला गरिने महासचिव छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
शेर्पा संघको महाधिबेसन र सदस्यता सम्बन्धी जानकारी चाहिएमा अध्यक्ष पासाङ दोर्जी एपि शेर्पा र महासचिव छिरिङ शेर्पालाई
सम्पर्क गर्न संघले अनुरोध गरेको जनाएको छ ।