Breaking

यो बर्ष दशैं मनाउन उपत्यकाबाट १३ लाख मानिस बाहिरिए


काठमाडौं । दशैं मनाउन एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । आजसम्ममा उपत्यकाबाट १३ लाख मानिस बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

१८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएको थियो । तर, बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो ।

गएको वर्षमा दसैँमान्न १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।