Breaking

८ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए


काठमाडौँ । घटनास्थापनदेखि आज (फूलपाति) बिहीबार बिहान ६ बजेसम्म ८ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।

बिहानसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्‍यक्ष विजय स्वारले बताए । महासङ्घका अध्यक्षका अनुसा यसवर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसँैमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिए