Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न


ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको थियाे । असोज १८ र १९ गतेका दिन आयोजना भएको फेस्टिवलमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको विशेष उपस्थिति रहेको थियो। फेस्टिवल अवलोकन पछि मल्लले द वन्डरल्याण्ड मनोरञ्जनको लागि उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो। साथै मल्लले सबै उमेर समुहका व्यक्तिहरुले पार्कमा बिभिन्न खेलहरुको मजा लिन सक्ने र व्यस्त जीवनको मानसिक तनाव कम गर्न सकिने पनि उल्लेख गर्नु भयो। उनको उपस्थितिले फेस्टिवललाई थप उत्साहपूर्ण बनाएको थियो।

फेस्टिवलमा मोमो फेस्ट, बियर फेस्ट, पनिपुरी कम्पिटिशन, काइट फेस्ट, लकी ड्र जस्ता मनोरञ्जनात्मक आकर्षणहरु समावेश गरिएको थियो जसमा सहभागीहरुको बाक्लो उपस्थिति रह्यो। मनोरञ्जन पार्कले अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनका विभिन्न आकर्षणहरू प्रदान गरेको छ जसमा गो-कार्टिङ, विभिन्न प्रकारका VR गेमहरू, आउटडोर राइड्स छन्। जसबाट साना बालबालिकादेखि वृद्धासम्मले मनोरञ्जन लिन सक्छन्।

पार्कमा मनोरञ्जन मात्र नभई खानपिनका लागि पनि विभिन्न आउटलेटहरू उपलब्ध गराइएको छ जसले कार्यक्रममा सहभागीहरूको अनुभवलाई अझ विशेष बनाएको थियो। साथै, कार्यक्रममा लाइभ म्युजिकले सहभागीहरूलाई रमाइलो गराएको थियो।

दशैं फेस्टको प्रमुख प्रायोजकहरूमा Skywalk, La British, Shree Om Jewelries, Soshaa, Bennevas, Mega Hospital रहेका थिए। कार्यक्रममा Yeti Airlines, LOCO Chips, OM Jewelry, Fcube Cinema, Annapurna Post Media Pvt. Ltd. लगायतका विभिन्न ब्राण्डहरूका स्टलहरू राखिएका थिए, जसमा खाना, ज्वेलरी, चइगाकहरू, र विभिन्न प्रतिस्पर्धाहरू पनि आयोजना गरिएको थियो।