देश

विदेशमा असुरक्षित नेपाली, अमेरिका छिर्न खोज्ने नेपालीमाथि गोली प्रहार (भिडियो)

इजरायल र लेबनानका नेपाली युद्धको चपेटामा, सरकारको तयारी के ?


काठमाडौं । गत मंगलबार आप्रवासीहरू भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाउँदा सो गाडीमा ११ जना नेपाली समेत थिए ।

अवैध रुपम अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका लागि संसारको सबैभन्दा घातक मार्ग मानिने क्षेत्रको यो घटनामा नेपालीको समेत मृत्यु भएको खवर नै आयो । गोलाबारीलगत्तै सेनाले नेपाली, भारतीय, पाकिस्तानी, इजिप्टियन, क्युवाली र संयुक्त अरब इमिरेट्सका ३३ जना आप्रवासीको पहिचान गर्दा धेरै नेपालीको मनमा ढ्याङग्रो बज्यो ।

भाग्य भनौ अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै उक्त घटनामा कोही पनि नेपाली हताहती नभएको तर ३ जना घाइते भएको उल्लेख गरेको छ । त्यहाँ पक्राउ परेका सबै नेपाली मेक्सिको अध्यागमनको हिरासतमा रहेको जानकारी आएको छ भने मेक्सिकोको रक्षा मन्त्रालयले सो घटनाको छानबिन गरिरहेको छ । अहिले दुतावासले उनीहरु आफ्नो सम्पर्कमा रहेको दाबी गर्दा यो असुरक्षित आप्रवासनका कारण नेपालीले भोग्दै आएको नियतीको एउटा प्रनितिधि घटना हो ।

यता इजरायलले हिजबुल्लाहलाई तार्गेट गर्दै आएको आक्रमणले लेवनानको अवस्था वेहाल छ । जापान, अस्ट्रेलिया, जर्मनी, भारतलगायत कतिपय देशले आफ्ना नागरिकलाई त्यहाँबाट स्वदेश फर्काइरहेका छन्। जुन देशमा १२ सयभन्दा बढी नेपाली श्रमिक र ८ सय ७७ जना नेपाली सैनिक कार्यरत छन् ।


(बाँकी भिडियो सामाग्रीमा)