Breaking

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीमा खसीकोबा भित्र्याएको हो । हरेक वर्षजस्तै आजदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने कम्पनीको तयारी छ ।

यस वर्षका जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ निर्धारण गरिएको छ भने च्याङ्ग्राको १ हजार २३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । खसीबोका थापाथलीमा झारिए पनि च्यांग्रा भने ल्याइएको छैन ।।

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।