समाचार

दशैंका लागि खसी,बोका उपत्यका भित्रिए


काठमाडौँ— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंकालागि खसीबोका भित्र्याएको छ ।

कम्पनीले आज काठमाडौंको थापाथलीमा खसीको बोका भित्र्याएको हो । हरेक वर्ष जस्तै भोलीदेखि सहुलियतमूल्यमाबिक्री सुरु गर्ने कम्पनीको तयारी छ ।यस वर्षकाजिउँदो खसीबोकाको मूल्यप्रतिकेजी ६७० रुपैयाँनिर्धारण गरिएको छ भने च्याङ्ग्राको १हजार २३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । खसी बोका थापाथलीमा झारिए पनि च्याङ्गा भने ल्याइएको छैन ।।