Breaking

सर्लाहीमा नहरमा डुबेर १२ वर्षका बालकको मृत्यु


काठमाडौँ— सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारी छन् ।

आज साँझ पौने ५ बजेतिर घरदेखि ५०० मिटर पर नहरको जमेको पानीमा नुहाउन गएको बेला बालक डुबेका प्रहरीले जनाएको छ । माछा मारिरहेका स्थानीयले बालक डुबिरहेको देखेपछि उद्धार गरेका थिए, त्यसपछि उनलाई उपचारका लागि सर्लाहीको बरहथवामा रहेको गोल्डेन अस्पताल लगिएको थियो ।

उपचारको क्रममा ५ बजेर १८ मिनेटमा चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीको भनाइ छ ।