अपराध

बिहेको प्रलोभन देखाइ दाङमा चारजनाले गरे एक महिलामाथि बलात्कार


काडमाडौँ— गढवामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

गढवा ५ मंघरमा एकजनाले बिवाहको प्रलोभन देखाएर १९ वर्षिया युवतीलाई असोज १६ गते राति एकान्तमा बोलाइ चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाका अनुसार गढवा ५ चैनपुरका १९ जर्षिय किरण चौधरीले बिहे गर्ने भन्दै मंघरमा बोलाएका थिए ।

बिहेको आश्वासन पाएर आएकी ती युवतीलाई किरणसहित सोही ठाउँका २४ वर्षिय संजित चौधरी,१९ वर्षिय धिरज चौधरी र २१ वर्षिय सन्दिप चौधरीले पालैपालो बलात्कार गरेका थिए । बलात्कारमा संलग्न चारै जनालाई प्रहरी पक्राउ गरिसकेको छ ।