Breaking

हनी ट्र्यापको सिकार बन्दै सुगर ड्याडी, यौवनको लोभमा ज्यानै गुमाए


नेपालमा आपराधिक गतिविधि बढ्दै जाँदा काभ्रेमा भएको घटनाले सबैको होस् उडाएको छ । उमेरले भर्खरै २१÷२२ लागेका युवाहरूले बाबु समानको उमेरका पुरुषको हत्या गरेको खुलासा हुँदा समाजमा बढ्दो अपराधका नयाँ घटना र शैलीको उजागर भएको छ ।

झट्ट हेर्दा जो कोहीलाई मोहित र आकर्षित गर्न सक्ने २१ वर्षीया युवती ‘सिरियल किलर’भन्दा कम छैनन् । चिटिक्क परेकी र गहुँ गोरी वर्णकी उनको पेशा नै पैसावाल पुरुषलाई आफ्नो जालमा पार्नु हो । बाहिरी स्वरुप निकै रुपवती भए पनि यिनको भित्री धन्दाको जालो भने त्योभन्दा खुँखार छ । पैसा असुल्ने मात्रै नभएर पैसा हात परेपछि ज्यान नै मार्नेसम्मको यिनको हर्कतले नारी जातिलाई नै कलङ्कको धब्बा लगाइदिएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई हाल भक्तपुरको मध्यपुर ठिमीमा डेरा गरि बस्ने २१ वर्षीया मनिषा महत र उनको टोलीले ५० वर्षीय एक व्यापारीको अपहरणपछि फिरौती रकम असुलेर हत्या गरेको खुलासा भएको छ ।

काठमाडौं कीर्तिपुर बस्ने ५० वर्षीय विनोद खड्गीलाई ‘हनी ट्रयाप’मा पारेर मनिषासहित उनका आठ साथी मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । प्रहरीले असोज १६ गते बुधबार यसबारे जानकारी गराएको हो । उनीसँगै काठमाडौंको शंकरापुर नगरपालिका ५ का २२ वर्षीय सरिन घिमिरे र २१ वर्षीय निकेश पौडेल, महोत्तरीको गौशाला नगरपालिका ६ घर भई भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बागलुङको गलकोट नगरपालिका ७ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतिश गौतम, भारतीय नागरिक अन्सु खान र शिवम् मिलेर मासु पसल चलाउँदै आएका खड्गीको हत्या गरेका हुन् । असोज ६ गते बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका ८ को ४९ किलो भत्रे ठाउँमा विनोदको शव भेटिएको थियो ।

पत्याउनै मुश्किल यो क्रूर घटनाको मुख्य योजनाकार नै २१ वर्षीय मनिषा महत हुन् । उनी यसअघि पनि यस्तै किसिमको घटनामा संलग्न भइसकेकी थिइन् । मनिषा, भारतीय नागरिक अन्सु र शिवम्ले करिब ३ महिनाअगाडि भारतको ग्रेटर नोइडा भत्रे ठाउँमा तुषार भत्रे व्यक्तिलाई हनी ट्रापमा पारेका थिए । उनीहरूले ती व्यक्तिलाई कुटपिट गरी १ लाख ५० हजार फिरौती असुल गरेका थिए । भारतमा आपराधिक घटनापछि नेपाल फर्कने क्रममा नै मनिषामार्फत नेपालमा पनि यसरी नै कुनै धनी व्यक्तिलाई यौनजालमा पारी रकम लुट्ने योजना बनाएका थिए ।

असोज ५ गते करिब १० बजे मनिषाले आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्न भन्दै विनोदलाई फोन गरेपछि अन्दाजी साढे ११ बजे मनिषाको डेरामा विनोद पुग्छन् । शिवम् र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन् । खाना खाईसकेपछि शिवम् बाहिर जान्छन् भने, विनोदले खाना खाईरहेकै बेलामा मनिषा पनि खुर्सानी कित्रे बाहनामा बाहिर गएर अन्सुलाई फोन गरी आफ्नो डेरामा बोलाउँछिन् । मनिषाले बोलाएसँगै सबै जना डेरामा भेला हुन्छन् र विनोदमाथि कुटपिट गर्न थाल्छन् । विनोदलाई नियन्त्रण्मा लिएका उनीहरुले सुरुमा ३० लाख रुपैयाँ फिरौती माग्छन् । यसक्रममा पाँच लाख रुपैयाँ फिरौती रकम दिने सहमति हुन्छ ।

विनोदको मोबाईल ह्याङ्ग भएका कारण अन्सुको फोनमा विनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर विनोदले ५ लाख रुपैयाँ मगाउँछन् । मनिषाको समूहले भने बमोजिम साँझ ५ बजे आशिषको हातमा पाँच लाख रूपैयाँ थमाइन्छ । पैसा पाइसकेपछि राति १० बजे उनीहरूले विनोदलाई उनकै गाडीमा हालेर गुन्डु जाने बाटोमा पु¥याउँछन् र छातीमा ढुङ्गाले हानेर हत्या गरिदिन्छन् । हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलो पु¥याएर सडकबाट ८ मिटर तल झाडीमा विनोदको शव फालिदिन्छन् । उनीहरूलाई अहिले काभ्रे जिल्ला अदालतमा पटकपटक गरी १७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ ।

माता दुर्गाको महिमालाई स्मरण गर्दै नारी शक्तिको स्तुति गान गर्नु पर्ने बेलामा मनिषाले देखाएको यो क्रूरताले नारीमाथिको विश्वास गुमेको छ । लोककल्याणका लागि माता दुर्गाले नारी शक्ति देखाउँदै महिषासुर जस्ता राक्षसी प्रवृत्तिको बध गर्दा मनिषाले भने पैसाकै लागि बाबु समानका उमेका विनोदको हत्या गरिन् । २१ वर्षको कलिलो उमेरमै मनिषाले अपनाएको आपराधिक हर्कतले समाज कुन दिशातर्फ अग्रसर भइरहेको छ ? र छोरीहरुमाथि अभिभावक कति गम्भीर बन्नु पर्ने अवस्था आएको छ ? भन्नेतर्फ पनि सोच्न बाध्य बनाएको छ ।