Breaking

२६ अंकले घट्यो नेप्से, ६ अर्ब ७७ करोडको कारोबार


काठमाडौँ — अघिल्लो दिनको तुलनामा उच्च अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) आज २६ अंकले घटेको छ । २६२९ बाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २५९७.४९ बिन्दुमा पुगेर रोकिएको छ ।

आज ३१० कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.१० अंकले घटेको छ ।

आज १८७ कम्पनीको मूल्य घट्यो । ५४ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको स्थिर रह्यो ।

आज थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । कारोबार रकमका हिसाबले आज नेपाल फाइनान्स लिमिटेड पहिलो नम्बरमा रह्यो । यसको कुल २० करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज फाइनान्स उपसमूहको सूचक १.७५ प्रतिशतले बढ्यो । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।