Breaking

प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २०९पुग्यो, १४२ बेपत्ता


काठमाडौं । बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुगेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय ९ पुगेको हो ।

यस्तै घाइतेको सङख्या १४२ पुगेको छ भने बेपत्ता २९ जना रहेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

‘सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।