Breaking

अमेरिका भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौं । अमेरिका भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। ओली आज साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए ।


प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेका स्वागत समारोहमा सहभागी भएका थिए।

साथै ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरेका छ ।

पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेश आइपगेका हुन् । नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा प्रधानमन्त्री ओेलीको निकै आलोचनासमेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएकाछन् ।