Breaking

आजबाट रात्रिकालिन बस चल्न थाले


काठमाडौं । आजबाट रात्रिकालिन बस चल्न थालेका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गंगबुबाट विभिन्न गन्तव्यमा गाडी छुटेको बताएका छन्। उनले ४ दिनदेखी रोकिएका बस आजबाट गुड्न थालेको बताए।

उनले काठमाडौँ उपत्यकाबाट करिब १२ सय यात्रुवाहक सवारी साधन काठमाडौँ बाहिर जाने बताए।

अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका हुन् ।


बसपार्कबाट गाडी छुट्न थालेसँगै अहिले ट्राफिक प्रहरी प्रमुख डीआईजी भरत बोहोरा समेत पहिरोग्रस्त झ्याप्ले खोलाको निरीक्षणमा पुगेका छन् ।