Breaking

झ्याप्ले खोलाको पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा


काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएपछि अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

पहिरो गएपछि शनिबारदेखि त्रिभुवन राजपथ अन्तरगतको उक्त सडक अवरुद्ध थियो । शनिबार बिहान गएको पहिरोमा पुरीएका बसहरुमा आज साँझसम्म ३५ जनाको शव फेला परेको जनाएका छन् ।

पहिरोमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो । यस्तै गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको ना४ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा परेको थियो । यसैगरी बा१प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।

पहिरोमा पुरिएकाहरूको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरेको हो ।